
काठमाडौँ । टोटनह्यामलाई युरोपा लिगको उपाधि दिलाएका प्रशिक्षक एन्ज पोस्टेकोग्लु बर्खास्त भएका छन् ।
पोस्टेकोग्लु नेतृत्वको टोटनह्यामले म्यानचेस्टर युनाइटेडमाथि १-० को जित निकाल्दै १७ वर्षमा पहिलो प्रमुख ट्रफी जितेको थियो ।
युरोप लिगको उपाधि जितेपछि प्रिमियर लिग सिजन भने खराब रह्यो । टोटनह्याम यस सिजनमा १७औं स्थानमा रहेको थियो ।
उनको नेतृत्वमा टोटनह्यामले १०१ खेल्दै ४७ खेल जितेको थियो भने १५ बराबरी र ३९ खेल हारेको थियो ।
टोटह्यामले पोस्टेकोग्लुलाई बर्खास्त गरेसँगै नयाँ प्रशिक्षकको खोजी शुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार मार्को सिल्भा, ओलिभर ग्लासनेर, टोटनह्यामकै पुर्व प्रशिक्षक माउरिसियो पोचेट्टीनो लगायत नयाँ प्रशिक्षकको दौडमा रहेका छन् ।