जोडिनुहोस
  • होमपेज
  • रुपन्देही–२ मा निकोलस भूसाल पुनः मैदानमा, फागुन २१ का लागि उम्मेदवारी घोषणा

रुपन्देही–२ मा निकोलस भूसाल पुनः मैदानमा, फागुन २१ का लागि उम्मेदवारी घोषणा

काठमाडौं । निकोलस भूसालले फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–२ बाट पुनः उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले चुनावी प्रतिस्पर्धामा उत्रने तयारी पूरा भएको बताए।

यसअघि २०७९ को प्रतिनिधिसभा चुनावमा पनि उनी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। तर छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने क्रममा सरकारी कोष प्रयोग गरेको विषयमा उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचन मिति तोकेपछि रुपन्देही–२ मा उम्मेदवारी घोषणा गर्ने भूसाल पहिलो नेता बनेका छन्।रुपन्देही–२ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको बलियो आधार क्षेत्र मानिन्छ। गत चुनावमा भने पौडेलले रास्वपाका गणेश पौडेललाई करिब १५ सय मतले मात्र हराएका थिए।

भूसालले आफ्नो टिमले विभिन्न अन्य क्षेत्रहरूमा पनि उम्मेदवार अघि सार्ने तयारी भइरहेको बताए। साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका नेता तथा ऊर्जा मन्त्री कुलमान घिसिङ र श्रम–संस्कृति पार्टीका सभापति हर्क साम्पाङसँग सहकार्य गरेर चुनावी अभियान सञ्चालन गर्ने योजना साझा गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Die Entwicklung der Casino -Treueprogramme