जोडिनुहोस
  • होमपेज
  • दुई दिन बढेको नेप्से फेरि घट्यो, कारोबार भने बढ्यो

दुई दिन बढेको नेप्से फेरि घट्यो, कारोबार भने बढ्यो

दुई दिन लगातार बढेको सेयर बजारमा आज फेरि ओरालो लागेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ अंकले घटेको छ । आज नेप्से ०.४५ प्रतिशतले घटेर २६६१.६४ विन्दुमा पुगेको हो ।

नेप्से घट्दा पनि कारोबार भने बढेको छ । ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर कारोबार भएको छ ।

९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५० वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनी स्थिर भने रहेको छैन ।
३१५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ३१९ पटक शेयर किनबेच भएको छ ।

यस्तै फाइनान्स समूहमा भने उछाल आएको छ । आज फाइनान्स समूह ४.३० प्रतिशतले ले बढेको छ भने सबैभन्दा कम जीवन बीमा ०।०१ प्रतिशतले बढेको छ । आज ५ वटा समूह बढेको छ भने ८ वटा समूह भने घटेको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका