जोडिनुहोस
  • होमपेज
  • टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ

अन्तर्राष्ट्रिय

टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ

  • Sagarmatha TV
  • आइतवार, जेष्ठ २६, २०८२
टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ

काठमाडौं– टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ परेका छन् । टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका स्टार लेमलाई अमेरिकी अध्यागमन प्रहरीले पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

भिसामा उल्लेखित म्यादभन्दा धेरै समय अमेरिकामा बसोबास गरेको आरोपमा सेनेगली मूलका इटालियन नागरिक लेमलाई पक्राउ गरिएको हो ।

उनलाई नेदाभा राज्यको लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलमा गत जुन ६ का दिन पक्राउ गरिएको थियो । केही समय हिरासतमा राखेर उनलाई प्रस्थान गर्न दिइएको समाचारमा जनाइएको छ । समाचार संस्था एएफपीका अनुसार उनी गत अप्रिल २० का दिन अमेरिका पुगेका थिए । यसबारे लेमले केही खुलाएका छैनन् ।

युनिसेफका सद्भाव राजदूतसमेत रहेका लेमलाई टिकटकमा १६ करोडभन्दा धेरैले फलो गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका