
काठमाडौं । तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बस्नेतलाई सुकेधाराबाट नियन्त्रणमा लिइएको हो। तीनकुनेको प्रदर्शनमा हिंसा भड्किएको घटनामा उनको संलग्नता पुष्टि भएपछि यसअघि नै पक्राउ पुर्जी जारी गरिएको थियो।
प्रहरीका अनुसार, पुर्जी जारी भएपनि बस्नेत फरार रहेका थिए। लामो खोजीपछि उनलाई पक्राउ गरिएको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइने जानकारी प्रहरीले दिएको छ।
शिव सेना नेपालका अध्यक्षको गिरफ्तारीसँगै तीनकुने घटनाको थप अनुसन्धान तीव्र बनाइने प्रहरीको भनाइ छ।