जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

काठमाडौँ : जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु  भएको छ। भेरी नगरपालिका- १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो। उनी भेरी नगरपालिका-१ डौँरीकाँडाका हुन्।

प्रहरीका अनुसार खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसिकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो

अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले गए राति १ बजे उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको जानकारी दिए। स्थानीयवासीले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेको थापाले बताए।

घटनास्थलमा प्रहरी पुगेर मुचुल्का लगायतको काम गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउन लागेको बताइएको छ।