जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्रीको नाम लिएर सरकारी कर्मचारीलाई धम्क्याउने व्यक्ति पक्राउ

गृहमन्त्रीको नाम लिएर सरकारी कर्मचारीलाई धम्क्याउने व्यक्ति पक्राउ

काठमाण्डु – गृहमन्त्री रमेश लेखकको साथी भएको बताउँदै सरकारी कर्मचारीलाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई टेलिफोनमार्फत धाकधम्की दिएको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट ५० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका–३ बस्ने श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

उनीविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा विरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जनाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका