जोडिनुहोस
  • होमपेज
  • वृहस्पति ग्रह अस्ताउँदै, अब विवाह गर्न मङ्सिर ६ सम्म कुर्नुपर्ने !

वृहस्पति ग्रह अस्ताउँदै, अब विवाह गर्न मङ्सिर ६ सम्म कुर्नुपर्ने !

काठमाडौं – २०८२ ज्येष्ठ २९ गते बिहीबार अर्थात आज बेलुकी ५ बजेर ७ मिनेटबाट वृहस्पति ग्रह पश्चिममा अस्त हुँदै छन् । जब वृहस्पति सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा आउँछ तब अस्त मानिनेछ र उसले दिने फल कमजोर हुन्छ र पूर्ण रूपमा निष्क्रिय मानिनेछ । वृहस्पति ग्रहलाई ज्ञान, धर्म, विवाह, सन्तान र शुभ कार्यको प्रमुख कारक ग्रह मानिन्छ । यो ग्रहलाई शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ ।

त्यसैले जब यो ग्रह अस्त हुन्छ तब यसको शुभ प्रभावहरू पृथ्वीका कम आउने विश्वास गरिन्छ र शुभ कार्यहरू गरिँदैन । महत्त्वपूर्ण दुई शुभ ग्रहहरू वृहस्पति र शुक्र अस्तको समयमा शुभ कार्य थालनी गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता पनि रहेको छ ।

विगत वर्षहरूमा असारमा विवाहको लगन हुने भएता पनि यो वर्ष ज्येष्ठ २९ देखि असार २२ गतेसम्म वृहस्पति अस्त हुने र २२ गतेपछि विवाहको लगन नभएकोले विवाह गर्न तम्तयार भएर बसेका बर र वधूले मङ्सिर ६ गतेसम्म कुर्नु पर्ने भएको छ । शुभ ग्रह जस्तै वृहस्पति र शुक्र अस्त हुनुभन्दा ३ दिन अगाडीदेखि शुभ कार्यहरू गर्न नहुने र उदय भएपछि पनि ३ दिनपछि सम्म बार्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैले असार २५ सम्म विवाह लगायत कुनै शुभ कार्य गर्न नहुने र २५ गतेपछि असारमा लगन नभएकोले विवाहको लागि मङ्सिर नै कुर्ने पर्नेछ । साउनदेखि कार्तिकसम्म विवाहको लगन नहुने भएकोले मङ्सिर ६ गतेसम्म नै केर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका