जोडिनुहोस
  • होमपेज
  • जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङद्वारा राजीनामा

जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य तथा जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन्। उनले जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन आफूलाई उचित नलागेको जनाउँदै पदत्याग गरेकी हुन्। सभामुखलाई पठाइएको राजीनामा पत्रमा, गुरुङले स्पष्ट रूपमा लेखेकी छिन्, राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त ठानिनँ, त्यसैले आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गरेको छु।

जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाइएको र राजीनामा स्वीकृत भइसकेको जानकारी दिएका छन्। यससँगै लुम्बिनी प्रदेशसभामा जनमत पार्टीको प्रतिनिधित्व एक सांसदले घटेको छ। राजीनामापछि सञ्चार माध्यमले गुरुङसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन स्वीच्ड अफ रहेको पाइएको छ। पार्टीका केही नेताहरूले गुरुङको यो निर्णय अचानक भएको बताएका छन्। जनमत पार्टीका नेताहरूले गुरुङको निर्णयप्रति सम्मान व्यक्त गरेका छन्। व्यक्तिगत मान्यताले प्रेरित यो कदम दुर्लभ छ। राजनीतिक वृत्तमा यस्तो त्याग कमै देखिन्छ,एक नेताले प्रतिक्रिया दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका