जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको काठमाडौँ जिल्ला अदालतका एक जना अधिकृतले जानकारी दिए ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहति दुई जनाले ज्यान गुमाएका थिए ।

 

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका