जोडिनुहोस
  • होमपेज
  • तीनकुने हिंशात्मक प्रकरणमा दुर्गा प्रसाईंसहित सातजना डिल्लीबजार कारागारमा

तीनकुने हिंशात्मक प्रकरणमा दुर्गा प्रसाईंसहित सातजना डिल्लीबजार कारागारमा

काठमाडौं । तीनकुनेमा भएको आगजनी र पत्रकार सुरेश रजकको मृत्युसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरूलाई कारागारमा पठाइएको हो। अदालतको आदेश अनुसार दुर्गा प्रसाईंसँगै सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई थुनामा राखिएको छ।

२०७८ चैत १५ मा पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा तीनकुनेमा भएको घरमा आगलागी हुँदा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। प्रहरीले आगजनीमा संलग्न भएको ठहर गरेका व्यक्तिहरूलाई पक्राउ गरी अदालती प्रक्रिया अघि बढाएको छ।

सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारीको भवनमा भएको आगजनीका कारण ठूलो क्षति पुगेको थियो। त्यही घटनामा रजकको मृत्यु भएको बताइएको छ। घटनासँग जोडिएका अरू आरोपीहरूबारे पनि थप अनुसन्धान जारी छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका