जोडिनुहोस
  • होमपेज
  • वीरगञ्ज अदालत ‘हाइ–अलर्ट’ मा, सुरक्षा कडाइ, पीएसओ फेरबदल

वीरगञ्ज अदालत ‘हाइ–अलर्ट’ मा, सुरक्षा कडाइ, पीएसओ फेरबदल

काठमाडौं । रगञ्जस्थित उच्च अदालत जनकपुरको अस्थायी इजलासमा सुरक्षा सतर्कता तीव्र बनाइएको छ। बिहीबार न्यायाधीश खुशीराम थारुमाथि इजलासभित्रै मोसो छ्यापिएपछि अदालत परिसर ‘हाइ-अलर्ट’ मा गएको हो।

नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै मोसो हालेको घटनापछि अदालतको भित्र–बाहिर कडाइ गरिएको छ। अदालत प्रवेशमा अब आम नागरिक, वकिल र सेवाग्राही सबैलाई मुख्य गेटमै जाँच गरेर मात्र भित्र छिर्न दिइन्छ।

पर्साका डिएसपी किशोर लम्सालका अनुसार, १३ जना न्यायाधीशका प्रमुख सुरक्षा अधिकारी (पीएसओ) फेर्ने निर्णय लिइएको छ। साथै, अदालतको नियमित सुरक्षामा खटिएको प्रहरी टोली पनि फिर्ता बोलाइएर नयाँ टोली पठाइएको छ। पहिले १० जना प्रहरी खटिएका थिए, अब त्यो संख्या बढाएर १५ पुर्‍याइएको लम्सालले जानकारी दिए।

यो घटनाले अदालत परिसरमै सुरक्षाको कमजोरी देखाएको भन्दै आलोचना भइरहेको छ, जसलाई नियन्त्रणमा लिन प्रशासन सक्रिय देखिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका