जोडिनुहोस
  • होमपेज
  • भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाको संसद बहिष्कार जारी

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाको संसद बहिष्कार जारी

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आज पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।

बैठकमा धारणा राख्दै रास्वपाका सांसद अशोक बहादुर चौधरीले छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहने चेतावनी दिए। त्यस्तै, राप्रपाका सांसद दीपक बहादुर सिंहले भिजिट भिसाको विरोध नभए पनि यसको नाममा भइरहेको असुली धन्दाको छानबिन गर्नुपर्ने बताए।

दुवै दलले जेठ १३ गतेदेखि नै संसदमा विरोध जारी राख्दै उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै आएका छन्।