जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • नक्कली पत्रको विवाद : अब रवि लामिछाने नख्खु कारागार फर्केलान् कि प्रशासनले पुनः पत्र काट्ला ?

नक्कली पत्रको विवाद : अब रवि लामिछाने नख्खु कारागार फर्केलान् कि प्रशासनले पुनः पत्र काट्ला ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट कसरी बाहिर आए भन्ने प्रश्नले राजनीतिको मूल बहस ओगटेको छ । एकातिर उनले कारागार प्रशासनले नै जबर्जस्ती बाहिर निकालेको र पत्रसमेत दिएको दाबी गरेका छन् भने अर्कातिर त्यही पत्रलाई कारागार प्रमुखले शंका खेपिरहेका छन् ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई जेन–जी आन्दोलनकै भीडले जेलको पर्खाल भत्काउँदै मुक्त गर्‍यो । यो घटनापछि नख्खु कारागार रित्तो भयो मात्र होइन, देशभरै जेल ब्रेकको लहर चल्यो । हजारौँ कैदी एकैपटक बाहिरिनु देशकै कानुनी संरचना नै ध्वस्त भएको संकेत हो ।

तर, लामिछानेको प्रकरण अझै पेचिलो छ । उनले सार्वजनिक गरेको पत्र नै नक्कली हुन सक्ने शंका बढेको छ । कारागार प्रमुख सत्यराज जोशीले पत्रबारे “आधिकारिक जानकारी छैन” भनेर टालटुल गरेपछि शंका झन् गहिरियो । यदि पत्र वास्तविक थियो भने किन प्रमुखलाई थाहा छैनरु यदि नक्कली हो भने कसरी जेल प्रशासनकै नाममा यस्तो कागज बाहिर आयो?

यसले दुई गम्भीर प्रश्न उठाएको छ–
१. राजनीतिक दबाबमा प्रशासन पंगु भएको त होइन?
२. लामिछानेले कैदीमात्र होइन, कानुनी प्रणालीलाई समेत छलेका त होइनन्?

यस्तो शंकास्पद परिस्थितिमा रविले श्रीमतीको फेसबुकमार्फत लाइभ आएर आफू कानुनको मार्गमै बाहिर आएको बताए । तर उनको दाबीले भन्दा पनि कारागार प्रशासनको मौनताले नै नागरिकमा अविश्वास बढाएको छ । सामाजिक सञ्जालमा आलोचकहरू स्पष्ट छन्– “रविकै कारण मुलुकभर जेल फुट्यो, तर उनी कानुनी वैधता देखाउँदै निर्दोषजस्तो अभिनय गर्दैछन्।” पार्टीभित्रैबाट समेत यस्तो शैलीले लामिछानेले नैतिक धरातल गुमाएको आवाज आउन थालेको छ ।

नख्खु कारागार प्रशासनले भने मंगलबार भागेकालाई सम्पर्कमा आउन सूचना जारी गर्दै लामिछानेलाई पनि सोही सूचीमा राखेको छ । यसको अर्थ, प्रशासनका नजरमा उनी अझै ‘भागेको कैदी’ नै हुन् । लामिछानेको “पत्र” वास्तविक हो वा नक्कली भन्ने प्रश्नले मुलुकको कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ । यदि पत्र वास्तविक भयो भने कारागार प्रमुख किन बेखबररु यदि नक्कली भयो भने त्यो पत्र तयार गर्न कसको संलग्नता थियो?

जसरी भए पनि रविको केसले एउटा कुरा स्पष्ट पारेको छ– मुलुकको कानुनी संयन्त्र यतिबेला आन्दोलन र राजनीतिक दबाबमा ‘कैदीभन्दा कमजोर’ बनेको छ। नख्खु कारागार प्रशासनले आज एक सुचना जारी गरी फरार कैदीहरुलाई कारागारमा प्रवेश गर्न आग्रह गरेको छ । तर अव हरेक कुरामा दिमाख खियाउने लामिछोने जाने हुनु कि कारागार प्रशासनले नै पुनः अर्को पत्र जारी गर्ने हो ,हेर्न बाँकी छ ।