जोडिनुहोस
  • होमपेज
  • बैंकिङ क्षेत्र सुधार गर्न राष्ट्र बैंकले बनायो ‘टास्क फोर्स’

बैंकिङ क्षेत्र सुधार गर्न राष्ट्र बैंकले बनायो ‘टास्क फोर्स’

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार गर्न डा रेवतबहादुर कार्कीको संयोजकमा कार्यदल गठन गरेको छ ।

बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्कीको संयोजकत्वमा पूर्वबैंकर भुवनकुमार दाहाल, नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकसदस्य सचिव रहने गरी तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलको समयावधि एक महिना तोकिएको छ। गभर्नरको कार्यालयका अनुसार कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील ९प्रुडेन्सियल०, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ ।

यस्तै, आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका , ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम ,बैङ्क तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझाव दिन भनिएको छ ।

नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिकाका सम्बन्धमा सुझाव दिन आग्रह गरिएको गभर्नरको कार्यालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका