जोडिनुहोस
  • होमपेज
  • म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण, स्थानीयको श्रमदान

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण, स्थानीयको श्रमदान

म्याग्दी ।अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा खेलमैदान निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लबले पाखोबारी सम्याएर मैदान निर्माण गरेको हो।

उपभोक्ता समिति सचिव भविन पाइजाका अनुसार रु २१ लाख ५० हजारको लागतमा ८५ मिटर लम्बाइ र ३० मिटर चौडाइको मैदान निर्माण गरिएको हो। विद्यालयको खेलमैदानले पठनपाठनमा असर पुर्‍याएको भन्दै नयाँ स्थानमा मैदान बनाइएको उनले जानकारी दिए।

डोजर प्रयोग गरेर सम्याइएको पाखोबारीमा ग्यावीयन पर्खाल र तारजाली पनि बनाइएको छ। स्थानीय रामकृष्ण तिलिजाले एक आना जग्गा दान गरेका छन् भने थप तीन रोपनी जग्गा रु ६ लाख ६० हजारमा खरिद गरिएको हो।

खेलमैदान निर्माणमा पाउद्वारका १३५ घरधुरीले एक–एक दिन श्रमदान गरेका छन्। क्लबमा आवद्ध युवाहरूले पनि श्रम उपलब्ध गराएका थिए। मैदानमा स्टेज, प्याराफिट र सार्वजनिक शौचालयजस्ता पूर्वाधार अझै निर्माण गर्न बाँकी रहेको जनाइएको छ।

मैदान निर्माणपछि पाउद्वारका युवाहरूलाई खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका