जोडिनुहोस
  • होमपेज
  • कांग्रेस र एमालेबीच कुनै समस्या छैन ; गृहमन्त्री

कांग्रेस र एमालेबीच कुनै समस्या छैन ; गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भने।

उनले भने, ‘देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।’

उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

 

 

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका