जोडिनुहोस
  • होमपेज
  • हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार : भारतीय मन्त्री यादव

हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार : भारतीय मन्त्री यादव

भारतका बन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवाद कार्यक्रमको उद्घाटनका क्रममा सम्बोधन गरेका मन्त्री यादवले महत्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि यसका प्रभावहरू प्रत्यक्ष रुपमा साक्षात्कार गरेको जानकारी दिए।

‘भारतले हिमाली राज्यहरू र उनीहरूका जनताको चिन्तालाई साझा गर्दछ। हाम्रो वातावरणीय भविष्य अभूतपूर्ण तवरबाट जोडिएको छ’, मन्त्री यादवले भने।

उनले संकटका लागि न्यूनतम भूमिकाको बाबजुद पनि यसको तत्कालीन माग अनुरुप भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा जलवायु कार्यमा योगदान गर्न गहिरो रुपमा प्रतिबद्ध रहेको बताए। जलवायु संकटको सिर्जनामा भारतको भूमिका न्यून भए पनि समाधानको खोजीमा भारतको प्रयास उच्च रहेको यादवले दाबी गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका