Breaking News
२५ करोड विदेशी मुद्रा प्रकरण : ट्रक चालक कुसाङ लामा पुर्पक्षमा, मुख्य आरोपी अझै फरार
0 टिप्पणी

काठमाडौं । टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको युरो र डलरसहितको चर्चित प्रकरणमा संलग्न ट्रक चालक कुसाङ लामा उर्फ ‘फुच्चे’लाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले लामालाई पुर्पक्ष आदेश दिँदै थुनामा राख्न निर्देशन दिएको हो। उनलाई सो विदेशी मुद्रा अवैध रुपमा ओसारपसार गरेको आरोपमा पक्राउ गरिएको थियो।
यस प्रकरणमा मुख्य आरोपी ठानिएका सिन्धुपाल्चोक भोटेकोशी–४ का नारायण पौडेल भने अहिलेसम्म फरार छन्। प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ। २५ करोड बराबरको नगद विदेशी मुद्रासहितको यो मुद्दा अहिले व्यापक चासोको विषय बनेको छ, जसले देशमा अवैध आर्थिक कारोबार र सीमापार सञ्जालको आशंका बढाएको छ।





















