जोडिनुहोस
  • होमपेज
  • मदन भण्डारी हत्या प्रकरणका अपराधीलाई नाङ्गेझार पार्नुपर्छ : माधव नेपाल

मदन भण्डारी हत्या प्रकरणका अपराधीलाई नाङ्गेझार पार्नुपर्छ : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाका बारे उजागर हुनुपर्ने बताएका हुन् ।

३२औँ मदन-आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका विषयमा विभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। घटनाको छानविन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरूलाई नाङ्गेझार पार्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले मदन-आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि मदन भण्डारीले गरेको योगदानको स्मरण गर्दै उनले अब आफूहरू कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने उल्लेख गरे । अध्यक्ष नेपालले बिचार मिल्नेहरूसँग सहकार्य गर्दै मोर्चा बनाउने र सम्भव भए पार्टी एकता गरेर अघि बढ्ने बताए । कम्युनिष्ट आन्दोलनमा एकताबद्ध हुने र छाड्ने प्रक्रिया निरन्तर चल्ने भएकाले यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका