जोडिनुहोस
  • होमपेज
  • गणतन्त्रको आधारलाई कमजोर नठान्नू ; रन्जित तामाङ

गणतन्त्रको आधारलाई कमजोर नठान्नू ; रन्जित तामाङ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले संघीय लोकतान्त्रिक गणतन्त्रको आधार त्यति कमजोर नठान्न चुनौती दिएका छन् ।  नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चुनौती दिएका हुन् । झापा जिल्लाका इन्चार्ज समेत रहेका तामाङले माओवादी कमजोर हुँदा प्रतिगामीहरूको स्वर बढेको र प्रतिगामीहरुलाई सेवा पुग्ने गरी वर्तमान गठबन्धन सरकारले जनतामा निराशा थपेर प्रतिगमनमा उत्प्रेरकको भूमिका खेलेको बताए ।

‘राजसंस्था पुनस्र्थापनाको आन्दोलन गर्नेहरूलाई उनले संघीय लोकतान्त्रिक गणतन्त्र हजारौं जनताका छोराछोरीको बलिदानबाट स्थापित अधिकार भएको हुनाले संघीय लोकतान्त्रिक गणतन्त्रको आधार त्यति कमजोर नठान्नुहोला,’ तामाङले भने ।

सँगै उनले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध हुने सबै गतिविधि रोक्न माओवादी जागरण अभियान मार्फत जनताको ठूलो समर्थन प्राप्त गरेको बताए ।

०८४ को निर्वाचनबाट माओवादी आँधीमय ढंगले राष्ट्रिय राजनीतिमा पुनस्र्थापित हुने पनि उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका