जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ७ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ८ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १0 मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १३ मिनेटutes अगाडि
  • होमपेज
  • राप्रपा बिजुली बजारबाट निषेधित क्षेत्रसम्म जाँदै

राप्रपा बिजुली बजारबाट निषेधित क्षेत्रसम्म जाँदै

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्कयर्ताहरू आइतबारको आन्दोलनका क्रममा बिजुली बजार पुलबाट नयाँबानेश्वरसम्म पुग्ने भएका छन् । सीमित नेता-कार्यकर्ता जुटेर निषेधित तोड्ने कोसिस गर्ने भएका छन् । गत साता सम्पन्न केन्द्रीय कार्य समितिको बैठकअनुसार राप्रपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न लागेका हुन् ।

‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रविरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ, वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’

लिङ्देनका अनुसार बिजुली बजारमा भेला भएर निषेधित क्षेत्र तोड्न लागिएको हो । बिजुली बजारको आर्कब्रिज पुलमा जम्मा भएर एभरेस्ट होटल हुँदै बानेश्वर पुलतर्फ जाने तयारी राप्रपाले गरेको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त क्षेत्रमा आन्दोलन गर्ने भएपछि संसद् भवन अगाडि प्रहरी तैनाथ भइसककेका छन्। सरकारले बानेश्वर पुल आसपासदेखि संसद् भवनसम्मको निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।