जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • हमासले एउटाको भनेर हस्तान्तरण गरेको शव परीक्षण गर्दा अर्कैको

हमासले एउटाको भनेर हस्तान्तरण गरेको शव परीक्षण गर्दा अर्कैको

काठमाडौं । बिहीबार हमासले चार इजराइली बन्धकको शव हस्तान्तरण गरेको थियो, जसमा ३२ वर्षीया शिरी बिबस, उनकी चार वर्षकी छोरी एरियल, १० महिनाका छोरा केफिर, र ८४ वर्षका ओडेड लिफसिथको शव समावेश थियो। तर, फरेन्सिक परीक्षणपछि शिरीको भनिएको शव उनको नरहेको पुष्टि भएको छ।

इजराइलका अधिकारीहरूले शवहरूको डिएनए परीक्षण गरेपछि तीन शवहरू भनिएका व्यक्तिहरूसँग मेल खाएका थिए, तर शिरीको शव भने उनका नभएको पाइएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि यस विषयमा इजराइली अधिकारीहरूको उद्धृत गर्दै जानकारी दिएको छ।

इजराइलले शिरीको शव तुरुन्त फिर्ता गर्न हमासलाई चेतावनी दिएको छ र संयुक्त राष्ट्रसंघका लागि इजराइलका राजदूत ड्यानी डेननले हमासको यो कदमको निन्दा गर्दै युद्धविराम सम्झौता उल्लंघन भएको बताए।