जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ८ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ८ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १0 मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • ११ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १३ मिनेटutes अगाडि
  • होमपेज
  • अमेरिकी सहायता रोकिएको विषयमा अर्थ मन्त्रालयको स्पष्टीकरण

अमेरिकी सहायता रोकिएको विषयमा अर्थ मन्त्रालयको स्पष्टीकरण

नेपालमा सञ्चालित अमेरिकी सहायता कार्यक्रमहरूसँग सम्बन्धित विभिन्न समाचार र सामाजिक सञ्जालमा भएका टिप्पणीहरू प्रति अर्थ मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गरिएको छ। अमेरिकी सहयोग नियोग मार्फत नेपालमा सन् १९५१ देखि निरन्तर रूपमा अनुदान सहायता प्रदान गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ।

तर, हालै अमेरिकी राष्ट्रपतिद्वारा २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशअनुसार नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि तथा तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरू आगामी ९० दिनका लागि रोकिएको अर्थ मन्त्रालयले जनाएको छ।

यसका साथै, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम तथा जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरू हाल डिजाइनको क्रममा रहेको भए पनि उक्त आदेशका कारण ती कार्यक्रमहरू पनि रोकिएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले सम्झौताका प्रक्रियामा रहेका यी कार्यक्रमहरूसँग सम्बन्धित कुनै वित्तीय सहायता प्राप्त नभएको जानकारी गराउँदै आगामी अवस्थाबारे थप समन्वय तथा परामर्श गरिने उल्लेख गरेको छ