जोडिनुहोस
  • होमपेज
  • संघीय सेवा विधेयकविरुद्ध कर्मचारीको धर्ना

संघीय सेवा विधेयकविरुद्ध कर्मचारीको धर्ना

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कर्मचारीमैत्री व्यवस्था नभएको भन्दै निजामती कर्मचारीहरुले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना दिएका छन्। सिंहदरबारमा भएको प्रदर्शनमा उनीहरूले आफ्ना हकहित सुनिश्चित गरिनुपर्ने माग राखे।

के छन् कर्मचारीका मुख्य माग?
सेवाअवधिका आधारमा तह वृद्धि गर्न ७ वर्ष होइन, ५ वर्ष कायम गरिनुपर्‍यो

संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई पुनः समायोजनको एकपटक अवसर दिनु

अन्तरप्रदेश सरुवा व्यवस्था लागू गर्नुपर्ने

सबै तहका कर्मचारीलाई निजामती सेवाभित्रको परिभाषामा समेटिनु पर्ने

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालले विधेयकको हालको व्यवस्थाले कर्मचारीको मनोबल घटाउने बताएका छन्। सरकारले माग सम्बोधन नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि उनीहरूले दिएका छन्। कर्मचारी आन्दोलनले संघीय सेवा विधेयकको भविष्यमा असर पार्ने सम्भावना छ। सरकार र संसदीय समितिले यो विषयलाई गम्भीर रूपमा नलिँदा असन्तोष चुलिन सक्ने संकेत देखिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका