
रूपन्देही।प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनीमा लिटिल बुद्धको मूर्ति अनावरण गरेका छन्।
अन्तर्राष्ट्रिय चौथो एसियन बुद्धिस्ट कल्चरल फेस्टिभलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त मूर्तिको अनावरण गरेका हुन्। फेस्टिभलसँगै सेमिनार कार्यक्रम पनि आजबाट सुरु भएको छ।
नेपाल–चीन सांस्कृतिक सम्बन्ध विस्तार गर्न लक्षित यो फेस्टिभल लुम्बिनीमा आयोजना गरिएको हो।