
सहकारी तथा गरिबी निवारणमन्त्री बलाराम अधिकारीले दश हजार सहकारी पीडितका रकम फिर्ता गरिएको दाबी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संघीय संसदको संयुक्त बैठक प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै अधिकारीले दाबी गरेका हुन् ।
‘२३ वटा सहकारी समस्याग्रस्त घोषणा भएको छ । तीनवटा सहकारीको समस्या समाधान भइसकेको छ । दुईवटा सहकारीको छिट्टै समाधान गर्दै छौँ’, उनले भने, ‘अहिलेसम्म १० हजार पीडितका रकम फिर्ता गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रममा केही कुरा समेटिएको छ । यसबारे विस्तृत जानकारी अर्कोदिन पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौँ’, उनले भने ।
सहकारी समस्या वर्षैँदेखिको समस्या भएकाले सरकारले तत्काल चाहेर पनि समाधान नहुने उनले स्पष्ट पारे । यस्तै सहकारीलाई समस्याग्रस्त पार्न क–कसको भूमिका थियो भन्नेबारे सबैलाई जानकारी रहेको अधिकारीले स्पष्ट पारे ।