
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ७ सयले बढेर तोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १९८० रुपैयाँमा कारोबार भइरहेको छ ।