जोडिनुहोस
  • होमपेज
  • स्याङ्जा-२ मा एमाले अगाडि, रास्वपा दोस्रो स्थानमा

स्याङ्जा-२ मा एमाले अगाडि, रास्वपा दोस्रो स्थानमा

स्याङ्जा– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापाले अग्रता कायम राखेका छन्।

हालसम्मको परिणाम अनुसार थापाले ९ हजार ७२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे ८ हजार १६ मतसहित छन् भने नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल ७ हजार ३२२ मतसहित तेस्रो स्थानमा छन्। मतगणना जारी रहँदा एमालेले प्रतिनिधिसभामा विजयी हुने सम्भावना बढी देखिएको छ।