जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल फागुन २६ गते मंगलबारको राशिफल

आज २०८२ साल फागुन २६ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। राजनीतिक क्षेत्रमा भने ठगिने सम्भावना छ।

वृषः दिन राम्रो छ। आज गरेको काममा सफलता मिल्नेछ। दीर्घकालिन निर्णय गर्नु उपयुक्त हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

मिथुनः आज धन आर्जन हुनेछ। मित्र बढ्नेछन्। धार्मिक कार्यमा संलग्न भइनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ ।

कर्कटः आज जमिन सम्बन्धी गरेको कार्यबाट नाफा मिल्नेछ। कृषिजन्य वस्तुमा गरेको व्यापारमा फाइदा मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः लक्ष्यमा पुग्न धैर्य गर्नुपर्नेछ। हरेक क्षेत्रमा बाधा आइपर्नेछन्। अभिभावकको सल्लाह लिएर अघि बढेमा सफलता मिल्नेछ। अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ ।

कन्याः दिन सामान्य छ। साना कुरामा विवाद हुन सक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो रहेको छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट समेत सेवाको अवसर मिल्ने योग रहेको छ।

वृश्चिकः बोलीको प्रभाव बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। बिहान उठेर सूर्य दर्शन गर्दा दिन सहज हुनेछ। परिवारमा खटपटी आउन सक्ने जोखिम छ।

धनुः आम्दानी हुनेछ। साथीसँगको भेटले मन खुसी हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मकरः दिन सामान्य छ । संचित धन खर्च हुने जोखिम छ। साथीसँग कुरा गर्दा ख्याल गर्नुपर्नेछ। शत्रु बढ्नेछन्। पीपलको दर्शन गरे दिनको सुरुवात गर्नु उचित हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

कुम्भः सानातिना कुरामा धेरै रिस उठ्नेछ। संचित धन खर्च हुनेछ। शिव भजन गर्दा मनमा शान्ति मिल्नेछ। व्यापारमा सचेत भएर काम गर्नुपर्ने समय छ । शिक्षाामा मिहिनेतको खाँचो छ ।

मीनः बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा ख्याल गर्नुपर्नेछ। शिक्षामा अझ मिहेनत गर्नुपर्नेछ। धैर्य गरेर अघि बढ्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ ।