जोडिनुहोस
  • होमपेज
  • कोका–कोलाद्वारा विश्वकप २०२६ अभियान सुरु

कोका–कोलाद्वारा विश्वकप २०२६ अभियान सुरु

काठमाडौँ । कोका–कोला नेपालले विश्वकप २०२६ लक्षित अभियान औपचारिक रूपमा सुरु गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कम्पनीले नयाँ ब्रान्ड प्रतिनिधि सार्वजनिक गर्नुका साथै विश्वकपसँग सम्बन्धित श्रव्य–दृश्य सामग्री प्रस्तुत गरेको थियो। साथै सीमित संस्करणका विशेष प्याकहरूको झलकसमेत देखाइएको थियो।

बोतलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले अभियानले फुटबलको उत्साहलाई नेपाली उपभोक्तासँग जोड्ने बताए। उनका अनुसार विभिन्न गतिविधि र विशेष उपहारमार्फत उपभोक्तालाई नयाँ अनुभव प्रदान गरिनेछ।

कार्यक्रममा अभिनेता प्रदीप खड्कालाई नयाँ ब्रान्ड प्रतिनिधि घोषणा गरिएको थियो। साथै राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट, अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्कालाई अभियानका मुख्य अनुहारका रूपमा प्रस्तुत गरिएको थियो।

कम्पनीले विश्वकप लक्षित नयाँ प्याकेजिङ, आधिकारिक गीत तथा प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ। कोका–कोलाको विश्वकपसँगको सहकार्य सन् १९७० दशकदेखि निरन्तर रहँदै आएको छ। नेपालमा पनि यो ब्रान्ड लामो समयदेखि सक्रिय रहँदै आएको छ।