जोडिनुहोस
  • होमपेज
  • धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले गएराति ११ बजेको समयमा पछाडिबाट ठक्कर दिएको थियो ।

त्यसपछि सो बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो । तीन वटा सवारी साधनका ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सुरुमा उपचारका लागि बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा लगिएकोमा तीन जना डिस्चार्ज भएका र ३४ जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले दुई वटा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।