जोडिनुहोस
  • होमपेज
  • जिलीको ‘सुपर सेल्स एन्ड एक्सचेन्ज कार्निभल सुरु, विशेष छुटसहित एक्सचेन्ज अफर

जिलीको ‘सुपर सेल्स एन्ड एक्सचेन्ज कार्निभल सुरु, विशेष छुटसहित एक्सचेन्ज अफर

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले ‘सुपर सेल्स एन्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। वैशाख ४ गतेदेखि सुरु भएको पाँचदिने यो कार्यक्रम काठमाडौंको गैरीधारास्थित जिली शोरुममा सञ्चालन भइरहेको छ, जुन वैशाख ८ गतेसम्म चल्नेछ।

कम्पनीका अनुसार ग्राहकलाई सहज सवारी साटासाट र खरिद अनुभव प्रदान गर्ने उद्देश्यले कार्निभल आयोजना गरिएको हो। कार्यक्रममा ग्राहकले आफ्नो पुरानो सवारीसाधनको आकर्षक मूल्यांकनसहित तत्काल एक्सचेन्ज सुविधा पाउनेछन् भने तुरुन्तै फाइनान्सिङ सेवा पनि उपलब्ध हुनेछ।

त्यसैगरी, जिली EX5 म्याक्स र प्रोका नयाँ २०२६ मोडेलमा विशेष पहुँचका साथै नगद छुट, एक वर्षको इन्स्योरेन्स र वार्षिक सवारी करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

कार्निभलमा निःशुल्क चार्जर, टेस्ट ड्राइभ गर्ने ग्राहकलाई उपहार ह्याम्पर तथा ‘भेहिकल–टु–लोड (V2L)’ कफी अनुभवजस्ता आकर्षण पनि राखिएका छन्।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले कार्निभलले ग्राहकलाई एकीकृत अटोमोबाइल अनुभव दिने विश्वास व्यक्त गरे। “हामीले ग्राहकलाई सहज, सुविधाजनक र लाभदायक सवारी स्वामित्व अनुभव दिलाउने लक्ष्यसहित कार्यक्रम ल्याएका हौँ,” उनले भने।