जोडिनुहोस
  • होमपेज
  • नेविसंघका कार्यकर्ताहरूद्वारा कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

नेविसंघका कार्यकर्ताहरूद्वारा कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

काठमाण्डौ । नेपाली कांग्रेसभित्र संस्थागत एकता सुदृढ गर्न दबाब दिँदै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा सांकेतिक धर्ना तथा विरोध प्रदर्शन गरेका छन्।

पार्टीभित्रको आन्तरिक एकता कायम गर्न, नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको मिति यथाशीघ्र घोषणा गर्न तथा संगठनलाई सक्रिय, गतिशील र जिम्मेवार ढंगले सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराउने उद्देश्यले उक्त प्रदर्शन गरिएको हो।

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षअगाडि पार्टी युनिटी फष्ट इगो लेटर ‘१२औँ महाधिवेशन सुनिश्चित गर’ लगायतका सन्देश अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए।

कार्यकर्ताहरूले गुट–उपगुटको संकीर्ण राजनीतिभन्दा माथि उठेर संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र पार्टीको साझा उद्देश्यलाई केन्द्रमा राखी नेतृत्वले ठोस पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै, उनीहरूले संगठनलाई अन्योल, निष्क्रियता र अनिर्णयको अवस्थाबाट बाहिर निकाल्दै समयसापेक्ष ढंगले अघि बढाउन नेतृत्वसँग जोडदार माग गरेका छन्।