
सुनसरीको दुहवी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ । भारतको सहयोगमा दुहवी नगरपालिका–४ मा निर्माण सुरु भएको हो ।
उक्त केन्द्रको भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले आइतवार संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत भारत सरकारको करिब १६ करोड ४० लाख आर्थिक सहयोगमा फोहोरमैला केन्द्र निर्माण हुन लागेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ। आयोजनाको कार्यान्वयन दुहवी नगरपालिकामार्फत गरिने जनाइएको छ ।
शिलान्यास कार्यक्रममा दुहवी नगरपालिकाका मेयरसहित अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै यस परियोजनाले नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापन प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।























