
काठमाडौँ—इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नेपालमै पहिलोपटक वाइफाई–६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ । कम्पनीले पहिलोपटक इन्टरनेट सुरक्षालाई मुख्य सेवाका रूपमा समावेश गरी नयाँ अवधारणा पनि ल्याएको जनाएको छ । नेपालमा वाइफाई–६ प्रविधि उपलब्ध भए पनि उच्चस्तरको सुरक्षालाई प्राथमिकतामा राखेर सेवा दिने सुबिसु पहिलो हो । कम्पनीले गति, स्थिरता र सुरक्षालाई एकैसाथ जोड्दै प्रयोगकर्तालाई सुरक्षित इन्टरनेट अनुभव दिने लक्ष्य राखेको बताएको छ ।
यसमा ‘सुबिसु सुरक्षा’ नामक सुरक्षात्मक तह रहेको छ, जसले प्रयोगकर्तालाई हानिकारक वेबसाइट, साइबर जोखिम तथा अनधिकृत पहुँचबाट जोगाउनेछ । यसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षालाई सुनिश्चित गर्दै परिवार र व्यावसायिक प्रयोगका लागि सुरक्षित ब्राउजिङ वातावरण तयार गर्ने कम्पनीको दाबी छ । ग्राहकको आवश्यकतालाई सहज बनाउन तीनवटा प्याकेज ल्याइएको छ, जसमा वाइफाई–६, प्रो वाइफाई–६ र इलाइट वाइफाई–६ रहेका छन् ।


















