काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । नेपाल आयल निगमका अनुसार भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य आएपछि मुल्य समायोजन गरेको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य समायोजन गरेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको । यस्तै डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ कायम भएको छ ।