समाचार

  • ट्र्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु,१३ घाईते

    ट्र्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु,१३ घाईते

    सिन्धुली–सिन्धुलीको दुधौलीमा ट्र्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना घाईते भएका छन । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु८३त ६८९० नंको ट्र्याक्टर ब्रेक फेल भएर भई दुर्घटना […]

    आइतवार, माघ २६, २०७६
  • भारतीय विदेश मन्त्रालयको नेवरहुड नीति

    भारतीय विदेश मन्त्रालयको नेवरहुड नीति

    गत साता भारतीय विदेश सचिवको पदभार सम्हालेका हर्षवद्र्धन श्रृंगलाले नेपाल भारतको उच्च प्राथमिकतामा रहेको बताएका छन्। भारतले छिमेक पहिलो नीतिअन्तर्गत रहेर कूटनीति अघि बढ्ने पनि स्पष्ट पारेको छ। जसकाकारण पनि भारतीय विदेश मन्त्रालयले नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ । मन्त्रालयमा शुक्रबार नेपाल, बंगलादेश, चीन र माल्दिभ्सका राजदूतसँग विदेशसचिवले भेट गर्दै मुलुकका कूटनीतिक निकायसँग अन्तरक्रिया थालेका […]

    आइतवार, माघ २६, २०७६
  • पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै

    पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै

    काठमाडाैँ– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज विशेष पूजाअर्चना गरी समापन हुँदैछ । योसंगै काठमाडौमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला समेत आजै समापन गरिँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले […]

    आइतवार, माघ २६, २०७६
  • चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुई वटा भवन खाली गराइयो

    चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुई वटा भवन खाली गराइयो

    भक्तपुर- चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणले दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबैभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको हो । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न ‘क्वारेन्टाइन’का दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका […]

    आइतवार, माघ २६, २०७६
  • सुनसरीमा तरुण दलद्वारा मशाल जुलुस प्रदर्शन

    सुनसरीमा तरुण दलद्वारा मशाल जुलुस प्रदर्शन

    सुनसरी-  नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले सुनसरीमा मशाल जुलुस प्रदर्शन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उप-सभापति एवं संसदीय दलका उप-नेता विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको विरोधमा तरुण दलले सुनसरीमा प्रदर्शन गरेको हो । नेता गच्छदारको गृहनगर सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरे । तरुण दल सुनसरीको […]

    आइतवार, माघ २६, २०७६
  • नेकपाले सांसदबाटै उठाएको ३० लाख झ्वाम पार्‍यो (भिडियो)

    नेकपाले सांसदबाटै उठाएको ३० लाख झ्वाम पार्‍यो (भिडियो)

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको २० महिनापछिमात्र सांसदहरुको लेबि समायोजन गरेको छ ।

    २०७५ जेठ ३ गते पार्टी एकता भएपछि तत्कालिन नेकपा एमाले तर्फका सांसदले बढी बुझाएको ३० लाख भने नेकपाले झ्वाम पारेको छ ।

    शनिबार, माघ २५, २०७६
  • कहिले होला कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धार (भिडियो)

    कहिले होला कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धार (भिडियो)

    काठमाडौं । चीनबाट फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट आजमात्रै थप ८६ जनाको मृत्यु भएको छ । वुहानमा एक अमेरिकी नागरिकले पनि कोरोना संक्रमणबाटै ज्यान गुमाएका छन् ।

    शनिबार, माघ २५, २०७६
  • नेपालले अमेरिकालाई ३५ रनले हरायो

    नेपालले अमेरिकालाई ३५ रनले हरायो

    काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग २ को दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पच्छाएको अमेरिका १५५ रनमा समेटियो । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवसीय) मै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले अमेरिकालाई ३५ रनले हराएको […]

    शनिबार, माघ २५, २०७६
  • आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

    आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसमपूर्वामुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून–चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । अन्य ठाउँमा भने एकैछिन घाम लाग्दै बादल लाग्ने महाशाखाले जनाएको छ। मौसम बदली […]

    शनिबार, माघ २५, २०७६
  • आजदेखि १३ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाईंदै

    आजदेखि १३ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाईंदै

    हात्तीपाइले रोगको जोखिम रहेका देशका बिभिन्न १३ वटा जिल्लामा आजदेखि हात्तिपाइलेविरुद्धको औषधि खुवाईँदैछ । धनकुटा, झापा, मोरङ, बारा, लमजुङ्ग, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत वर्षदेखि पालिकाहरुले हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालेका हुन् । मन्त्रालयकाअनुसार शनिबार विभिन्न ठाउँमा बुथ राखेर औषधि […]

    शनिबार, माघ २५, २०७६