समाचार

  • राजधानीका सडकमा फोहोरको डंगुर

    राजधानीका सडकमा फोहोरको डंगुर

    काठमाडौं । केहीदिन यता राजधानीका सडकको फोहोर उठ्न सकेको छैन । डम्पिङ साइटमा जाने बाटो पहिरोका कारण अवरुद्ध बनेपछि राजधानीका सडकमा फोहोर थुप्रिएको हो । करिब दुई साता भयो काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खस्न सकेको छैन । राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ । तर, वर्षाको पानीले माटो बगाएको […]

    बुधबार, साउन २, २०७५
  • सरकारलाई सर्वोच्चको झापड !

    सरकारलाई सर्वोच्चको झापड !

    काठमाडौं – अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तीहरुलाई सरकारको वदर गर्ने निर्णयलाई सर्वोच्च अदालतले धमाधम उल्टइए दिएको छ । पुनवहालीका लागि सर्वोच्चमा निवेदन दिएका सबै संस्थाका पदाधिकारी पुनवहाली भएका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा नियुक्ती पाएका सरकारी संस्थानका पदाधीकारीहरुलाई वर्तमान सरकारले गत असार २० गते नियुक्ती खारेज गर्ने निर्णय गरेको थियो । निर्वाचनको समयमा […]

    बुधबार, साउन २, २०७५
  • खोलाले बगाउँदा वृद्धको मृत्यु

    खोलाले बगाउँदा वृद्धको मृत्यु

    पर्वत – पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो । खेतमा काम सकेर घर फर्कँदै गर्दा […]

    बुधबार, साउन २, २०७५
  • गाडी नै नचल्ने भएपछि कर्मचारी फर्काउन सरकार बाध्य

    गाडी नै नचल्ने भएपछि कर्मचारी फर्काउन सरकार बाध्य

    काठमाडौं – मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरूलाई साउन १ देखि कार्यालय नआउनु भनेको थियो तर जब हाजिर गर्न नपाएका हजारौँ कर्मचारी बहालीको माग राख्दै आन्दोलनमा उत्रिए सरकारको निर्णय एक दिन पनि कार्यान्वयन हुन पाएन । यसरी आन्दोलनमा उत्रिनेमा सबैभन्दा धेरै थिए, सवारी चालक । उनीहरूलाई हटाउँदा अधिकांश सहसचिवको गाडी नै […]

    बुधबार, साउन २, २०७५
  • पश्चिम रुकुममा पहिरोमा पाँच घर पुरिए

    पश्चिम रुकुममा पहिरोमा पाँच घर पुरिए

    बद्री पन्त रुकुम । केहीदिन यता परेको अविरल वर्षाका कारण पश्चिम रुकुममा पाँच घर पहिरोमा पुरिएका छन् । गएरातिबाट परेको वर्षाका कारण माथिबाट आएको पहिरोले पश्चिम रुकुमको चौरजहारी–१ पुरानो बजारका पाँच घर पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अन्य १० घर […]

    बुधबार, साउन २, २०७५
  • वार्षिक ६८ करोडको इन्धन चेरी भएको पुष्टि

    वार्षिक ६८ करोडको इन्धन चेरी भएको पुष्टि

    काठमाडौं – विगतका बर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो । विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकरचालकले बीच बाटोमा तेल […]

    बुधबार, साउन २, २०७५
  • ३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त बुझेन, अनुसन्धान स्थगित

    ३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त बुझेन, अनुसन्धान स्थगित

    काठमाडौं – ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज […]

    बुधबार, साउन २, २०७५
  • ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

    ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

    काठमाडौं – सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २/३ हजारको लाइसेन्स रद्द हुने भएको छ । साथै, रिट्रायल पनि हुने […]

    बुधबार, साउन २, २०७५
  • सरकारको विरोध गर्नेहरुविरुद्ध प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

    सरकारको विरोध गर्नेहरुविरुद्ध प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । पार्टी कार्यालय धुम्वाराही मंगलबारमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएको आरोप लगाउदै प्रतिवाद गर्न निर्देशन दिनुभएको हो । सुशासन ल्याउने प्रतिवद्धताबाट […]

    मङ्लबार, साउन १, २०७५
  • अाजदेखी कोटेश्वर–जगाती सडकमा सवारीका लागि छुट्टाछुट्टै लेन

    अाजदेखी कोटेश्वर–जगाती सडकमा सवारीका लागि छुट्टाछुट्टै लेन

    काठमाडौं । आजदेखि कोटेश्वर–जगाती सडकमा मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन तोकिएको छ। दुर्घटना न्यूनीकरणका लागि भन्दै बलमिच्याई रोक्न ट्राफिक प्रहरीले लेन नै छुट्याएको हो। महानगरीय ट्राफिक महाशाखाका अनुसार पहिलो तथा बायाँतर्फको लेन मालबाहक गाडी र दायाँ अर्थात् दोस्रो लेन कार तथा मोटरसाइकलका लागि छुट्याइएको छ। आज दिनभर त्यससम्बन्धि जनचेतना […]

    मङ्लबार, साउन १, २०७५