जोडिनुहोस
  • होमपेज
  • डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

अन्तर्राष्ट्रिय

डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन १७, २०७९
डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अच्राफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

मोरक्कोका डिफेन्डरमाथि २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले फेब्रुअरी २५ मा हाकिमीले घरमै आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

ती महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराएपनि आरोप दर्ता नगरेको प्रहरी स्रोतले बताएको बीबीसीले जनाएको छ ।

यद्दपी प्रहरीले हाकिमीलाई लागेको आरोपमाथि प्रारम्भिक अनुसन्धान थालेको छ । पीएसजी र हाकिमीले भने आरोपबारे केहि प्रतिक्रिया जनाएको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्