जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • पाकिस्तानको चर्चमा आक्रमण गरेको आरोपमा पक्राउ परेका विरुद्ध मुद्दा दर्ता

पाकिस्तानको चर्चमा आक्रमण गरेको आरोपमा पक्राउ परेका विरुद्ध मुद्दा दर्ता

इस्लामाबादः पाकिस्तानको एक चर्चमा आक्रमण गर्ने र अन्धाधुन्ध गोली चलाउने संदिग्धहरू विरुद्ध आतंकवादको मुद्दा दर्ता गरिएको छ।

पास्टर युनिस जावेदले दर्ता गरेको उजुरीको जवाफमा खन्ना पुलिस स्टेशनमा आतंकवाद विरोधी ऐन र अन्य धेरै आरोपहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। घटनाको अनुसन्धान काउन्टर टेररिज्म विभागलाई सुम्पिएको छ ।

स्थानीय पत्रिका डनको अनुसार प्रहरी अधिकारीले तीन जना विरुद्ध किटानी जायेरी दिएपनि अहिलेसम्म अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।

एफआईआरका अनुसार पास्टरकी छोरीलाई चार व्यक्तिले रोकेर यौन उत्पीडन गरेका थिए । त्यतिबेला उनी र उनको भाइ पिन्डोरियनको चर्चमा जाँदै थिए।

पीडित युवतीकी भाइले यस्तो नगर्न आग्रह गर्दै त्यस्तो कृयाकलाप रोक्न प्रयास गरेपछि आक्रमणकारीले उनलाई कुटपिट गरेका थिए

पछि, ४० हतियारधारी व्यक्तिहरूको समूहले चर्च भित्र प्रार्थना गरिरहेका बेला आक्रमण गरेका थिए ।

चर्चमा यस्तो घटना भएको सूचना पाउनु वित्तिकै प्रहरी घटनास्थलमा पुगेपनि आक्रमणकारी प्रहरी पुग्नु अघि नै फरार भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्