जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • म्यानचेस्टर सिटीलाई चार अंकको अग्रता

म्यानचेस्टर सिटीलाई चार अंकको अग्रता

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले चार अंकको अग्रता बनाएको छ।

शनिबार राति भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई २—१ गोल अन्तरले हराउँदै समान खेल खेलेको आर्सनलसँग ४ अंकको अग्रता बनाएको हो।

सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरे। लिड्सका रोड्रिगो मोरेनोले एक गोल फर्काए। खेलको १९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थि। २७ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २—० को अग्रता दिलाए।

८४ औं मिनेटमा गुन्डोगान पेनाल्टीमा चुक्दा ह्याट्रिक गर्नबाट बन्चित रहे। गुन्डोगानको प्रहार पोस्टमा लागेको थियो। त्यसपछि खेलको ८५ औं मिनेटमा लिड्सका मोरेनोले गोल गरेपनि सिटी २—१ ले विजयी भयो।

जितसँगै सिटीले ३४ खेलमा ८२ अंक जोडेको छ। लिड्स ३० अंक जोडेर १७ औं स्थानमा रहेको छ। ​

गएराति भएको अर्को खेलमा चेल्सीले बर्नेमाउथलाई ३—१ गोल अन्तरले हराएको छ। फ्रान्क लाम्पार्डको नेतृत्वमा चेल्सीले पहिलो जित निकालेको हो। जितसँगै चेल्सीले ३४ खेलमा ४२ अंक जोडेको छ।

यस्तै गएराति नै भएको अन्तिम खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १—० गोल अन्तरले हराएको हो। लिभरपुलको जितमा मोहमद सलाहले निर्णायक गोल गरे। सलाहले खेलको १३ औं मिनेटमा गोल गरेका थिए। जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अंक जोडेको छ। लिभरपुल पाँचौं स्थानमा रहेको छ। ब्रेन्टफोर्ड ५० अंक जोडेर नवौं स्थानमा रहेको छ।

लिग अन्तर्गत गएराति नै भएका अन्य खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई १—० ले हराएको छ भने उल्भ्सले एस्टन भिल्लालाई १—० ले नै हरायो।

तपाइको प्रतिक्रिया दिनुहोस्