जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • एमाले सिद्धान्त र व्यवहारमा अब्बल छ : सचिव भट्टराई

एमाले सिद्धान्त र व्यवहारमा अब्बल छ : सचिव भट्टराई

बारा । नेकपा एमालेका सचिव एवं मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका छन् । पार्टी कामको शीलशीलामा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उनले भने,’पार्टीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद मार्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ ।’ उनले पार्टीको सिद्धान्त र व्यवहार सही भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रूपमा रहेको पनि बताए ।

‘एमाले जनताको मनमा बसेको पार्टी हो, उनले भने, गत संसदीय निर्वाचनमा विपक्षीहरूको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठुलो दल बनाएका हुन् ।’

उनले चुनावमा विपक्षीहरूले गठबन्धन नगरको भए एमालेले प्रत्यक्षतर्फ पनि थप २०-२५ सिट बढी जित्ने दाबी पनि गरे । उनले राष्ट्रियताको बारेमा एमालेले अवलम्बन गरेको नीतिका कारण पनि देशको स्वाभिमान उच्च हुँदै गएको बताए । आफूहरूले छिमेकी भारत र चीन दुवैको प्रभावमा नपरी राष्ट्रिय स्वाधीनताको लागि काम गरेको भट्टराईको दाबी छ ।

हालको निर्वाचन प्रणालीमा कुनै पनि दलले एक्लै बहुमत ल्याउन कठिन हुने भएकोले यो प्रणाली परिवर्तन गर्ने बारेमा पनि बहस सुरु भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्