जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४१ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४३ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ४७ मिनेटutes अगाडि
Jackpot City Online Casino: A Premium Gaming Destination
  • ५0 मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो

इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो

तेहरान । इरान सरकारले कडा हिजाब कानून उल्लंघन गर्ने महिलालाई मनोचिकित्सकसँग उपचार गरिरहेको छ। यससँगै कानुन उल्लंघन गर्ने महिलालाई शव सरसफाइमा काम लगाएर कारबाही गरिरहेको छ ।

न्युज वेबसाइट फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाहरुमाथि सरकारले पहिले भन्दा धेरै कडाई गरिरहेको छ ताकि हिजाब कानूनको उल्लङ्घन गर्ने महिलाहरूलाई नियन्त्रण गर्न सकियोस्।

हालै इरानी अभिनेत्री अफसाने बेगनलाई हिजाब नलगाएको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ । यस्तो अवस्थामा उनलाई हरेक हप्ता मनोचिकित्सकसँग परामर्शका लागि जान निर्देशन दिइएको छ । रिपोर्टका अनुसार हालै तेहरानको एक अदालतले एक महिलालाई शव सफा गर्न एक महिनाको लागि सजाय सुनाएको छ।

समाचारमा दावी गरिएको छ कि महिलाले कडा हिजाब कानूनको उल्लङ्घन गरेका थिए, ती महिलाले टाउकोमा हिजाब नलगाई गाडी चलाएको आरोपमा पक्राउ गरिएको थियो ।

इरानका राजनीतिशास्त्रका प्राध्यापक अजादेह कियानले बायगनलाई दिइएको सजाय एउटा उदाहरण भएको बताए। सरकारले महिलामा कानुनको डर पैदा गर्न खोजेको छ । यस्तो अवस्थामा सरकारले महिलालाई कपाल छोप्न बाध्य पार्ने नयाँ उपाय खोजिरहेको छ ।

महिलासम्बन्धी मुद्दामा न्यायाधीशको निर्णय प्रति धेरै सामाजिक संघ संस्थाले आश्चर्य व्यक्त गरेका छन् । इरानका चार मानसिक स्वास्थ्य संस्थाका अध्यक्ष घोलाम होसेन मोहसेनी ईजेईले देशको न्यायपालिका प्रमुखलाई लेखेको पत्रमा आफ्नो चिन्ता व्यक्त गरेका छन्।

उनले ‘मानसिक स्वास्थ्य विकारको निदान गर्ने जिम्मेवारी मनोचिकित्सकको हो, न्यायाधीशको होइन’ भनेका छन् ।

समाचारमा यो पनि दावी गरिएको छ कि अधिकारीहरूले कडा हिजाब कानूनको उल्लंघन गर्ने महिलाहरूलाई भारी जरिवाना तिराई रहेका छन्। महिला हिजाब नलगाई सवारी चलाएको देखिए उनीहरुको सवारीसाधन जफत गर्नेसमेत गरेको छ । महिलालाई जागिरबाट हटाउन दबाब सिर्जना भइरहेको छ ।

फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाले अस्पतालमा उपचार गराउन समेत नसक्ने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्