जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

अन्तर्राष्ट्रिय

नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन २४, २०७९
नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बुधबार प्यालेस्टाइनसँग खेल्दैछ ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले घरेलु टोली प्यालेस्टाइनको सामना गर्नेछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाल प्यालेस्टाइनलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । प्यालेस्टाइन पनि जितबाट छनोटको यत्र गर्न चाहन्छ । समूह ‘बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । युएईले प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ ।

दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोली –

गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन

 

तपाइको प्रतिक्रिया दिनुहोस्