जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिँदै

अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिँदै

अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिने भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको औपचारिक घोषणा गर्दैछन्। बाइडेनले सान डिएगोमा अष्ट्रेलिया र बेलायतका प्रधानमन्त्रीहरूसँग भेट गरेर आणविक शक्तिबाट चल्ने पनडुब्बीसम्बन्धी सम्झौताको घोषणा गर्न लागेका हुन्। इन्डो–प्यासिफिक क्षेत्रमा चीनको सामना गर्ने प्रयासको रूपमा तीन देशहरूले २०२१ मा यो योजना घोषणा गरेका थिए। यी पनडुब्बीहरू क्यानबेरा डिफेन्स प्रोजेक्ट अन्तर्गत दिइँदैछ।

यो सम्झौतामा जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज सहभागी हुनेछन्। अस्ट्रेलियालाई दिइने पनडुब्बीमा अमेरिकी प्रविधि र ब्रिटिश डिजाइन छ। चीनले यी तीन देशको यो सम्झौताको विरोध गरेको छ। उसले ताइवानमाथि दबाब दिइरहेको छ र विवादित दक्षिण चीन सागरमा आफ्नो कब्जा दाबी गरिरहेको छ। अमेरिका, अष्ट्रेलिया र बेलायतले यसलाई रोक्न चाहन्छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्