जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन दिदैनौं – गगन थापा

कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन दिदैनौं – गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले कोशी प्रदेशमा कांग्रेसको विवाद बारे संकेत गर्दै कांग्रेसलाई एमाले वा माओवादीकरण हुन नदिने बताएका हुन्।

कोशीमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका इन्द्र आङ्बोले र कांग्रेसबाट नेता डा। शेखर कोइराला पक्षका केदार कार्कीले एमालेसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेसमा विवाद शुरु भएको छ ।

उनले भने- ‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो । कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौं ।’

कोशी प्रदेशमा कोइरालाले पार्टीको आधिकारीक लाइन विपरित कार्कीलाई मुख्यमन्त्रीमा अगाडी सारेपछि यसअघि उनी पक्षका भनिएका महामन्त्री थापाले उनलाई साथ नदिएको टिप्पणी भइरहेका बेला उनको यस्तो अभिव्यक्ति सार्बजनिक भएको हो । कोशीमा कांग्रेसको विवादमा कोइरालाको कदमलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्