जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ६0 मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • ऋणको तनाव सहन नसकेर सप्तरीमा महिलाले गरिन् आत्महत्या

ऋणको तनाव सहन नसकेर सप्तरीमा महिलाले गरिन् आत्महत्या

सप्तरीमा ऋण तिर्न नसकेर फेरि एकजनाले आत्महत्या गरेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेल पासोमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए। शान्ताले विभिन्न लघुवित्त र साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि दिनैपिच्छे तनाव दिएका कारण मृत्यु रोजेकी स्थानीय बताउँछन्। भुजेल परिवारको सम्पतिको नाममा रहेको १० धुर घरघडेरी पनि एक वर्षअघि एकजना साहुको नाममा पास गरी ऋण लिएका थिए।

घटनास्थलबाट फर्किएकी कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले ऋणकै कारण तनावमा आएर शान्ताले आत्महत्या गरेको स्थानीयले बताएको जानकारी दिइन्। केही दिन अगाडि उनका श्रीमान् भीमबहादुर उपप्रमुख पोखरेलकै घरमा एक रात बास बसेका थिए। भीमबहादुरले साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको कुरा सुनाएको उपप्रमुख पोखरेलले बताइन्।

दुई वर्ष अगाडिसम्म भुजेल परिवार उपप्रमुख पोखरेलकै घरमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए। भीमबहादुरलाई १ कठ्ठा जग्गा उपप्रमुखले भुजेलकै परिवारले दिएर घर बनाइदिएको थियो। भीमबहादुरका दुई दाजु–भाइ छन्। छुट्टिएपछि एक कठ्ठा जमिन दुई भाग पारेर १०–१० धुर लिए। उपप्रमुख पोखरेलका अनुसार शान्ताको २५ लाख जति ऋण छ। स्थानीका अनुसार इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडको महुली शाखा, स्वावलम्बन लघुवित्त विकास बैंकको महुली शाखामा लामो समयदेखि शान्ता आवद्ध थिइन्। गत असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरमै पुगेर सबै सामान लगेपछि उनी निकै तनावमा रहँदै आएकी थिइन्। शान्ताका तीन छोरा छोरी छन्। दुई छोरीको बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन्। बुहारी माइतमा छिन्। भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए। गत पुस १० मा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिकले ऋण तिर्न नसकेर आत्महत्या गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्