जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • हंगेरीका राष्ट्रपतिसमक्ष राजदूत खड्काले प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र

हंगेरीका राष्ट्रपतिसमक्ष राजदूत खड्काले प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं । हंगेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

हंगेरीका राष्ट्रपतिको कार्यालय सान्दोर प्रासादमा मङ्गलबार आयोजित विशेष समारोहमा राजदूत खड्काले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेक्रममा राजदूत खड्काले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट हङ्गेरीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै हङ्गेरीका जनताको निरन्तर प्रगति एवं शान्तिको कामना गरेका थिए।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाल सरकार र नेपाली जनताकातर्फबाट उनले हङ्गेरीका जनताको समुन्नतिको कामना गरे। ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा नेपाल–हङ्गेरी सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो।

त्यस अवसरमा राष्ट्रपति नोभाकले निकट भविष्यमा हुने आफ्नो देशका परराष्ट्र तथा वाणिज्यमन्त्रीको नेपाल भ्रमण दुवै राष्ट्रका निम्ति ऐतिहासिक हुने बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्