जोडिनुहोस
  • होमपेज
  • अमेरिका र भियतनामका राजदूतले राष्ट्रपति पौडेलसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

अमेरिका र भियतनामका राजदूतले राष्ट्रपति पौडेलसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

उनीहरूले बुधबार दिउँसो शीतलनिवास पुगी राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्